७ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका राजदूत मजर जावेदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत जावेदले प्रधानसेनापति थापासँग भेट गरेका हुन् । भेटका क्रममा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा्स नेपाली सेनाले लिएको छ ।