
काठमाडौँ, १ असोज । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् ।
गौतमले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित भएका हुन् । फागुनदेखि रिक्त रहेको पदमा उनी मनोनित भएका हुन् ।
सोमबारको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया