बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

काठमाडौँमा ५०७ सहित उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असोज १ गते १६:४६

काठमाडौँ, १ असोज । काठमाडौँ उपत्यकामा थप ६ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ७, ललितपुरमा ६० र भक्तपुरमा ५० गरी उपत्यकामा ६ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा वुधबार ७ सय ३७ जनामा संक्रमण देखिएको थियो ।

देशभर बिहीबार थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय ८३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित