काठमाडौं, १ असोज । नबिल बैंकले नजिकिदो चाडवाडलाई लक्षित गरी विभिन्न कर्जा योजनाहरूलाई समेटेर चाडपर्व योजना सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको महामारीबाट प्रभावितहरूलाई लक्षित गरी बैंकले नयाँ योजना सार्वजनिक गरेको बताएको छ । बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।
व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर प्रदान गर्ने तथा कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने बैंकको विश्वास छ ।

योजना अन्तर्गत १३ महिनादेखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूलाई वार्षिक ९∞ ब्याजदर प्रदान गरिने छ । त्यस्तै गरी १ व्ँर्षसम्मको मुद्दती खातामा बैंकले ८.५∞ ब्याजदर प्रदान गर्ने जानकारी दिएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर बैंकले दिएको जानकारी अनुसार २ व्ँर्षभन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५∞ ब्याजदर र ५ व्ँर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०∞ ब्याजदर प्रदान गरिने छ ।
साथै, नयाँ कर्जा योनजा अन्तर्गत घर कर्जामा ७.४९%, धिता कर्जामा तथा व्यक्तिगत ओभरड्राफ्ट कर्जामा ७.९९% ब्याजदर तोकिएको छ । यस्तै साना तथा मझौला कर्जाअन्तर्गत १ करोड रूपैयाँसम्मको कर्जामा ७.४९% र १ करोड रूपैयाँ भन्दा माथिको कर्जामा ७.९९% ब्याजदर तोकिएको बैंकले बताएको छ ।
यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरूमा १ वर्षसम्म ब्याजदर परिवर्तन नगरिने पनि बैंकले स्पष्ट पारेको छ ।
सन् १९८४ देखि समायानुकुल बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल ११९ वटा शाखा, १८५ वटा एटीएम र १ हजार ५०० वटा भन्दा बढी नबिल रेमिट एजेन्टहरू छन् ।















प्रतिक्रिया