
बुटवल, १ असोज । पाल्पामा कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
भदौ २२ गते युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना भएका तानसेन नगरपालिका–७ का ५२ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
उच्च रक्तचाप र कलेजोको समस्या देखिएपछि अस्पतालमा भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
मिसन अस्पतालमा आइसियू र भेन्टिलेटर नभएपछि रुपन्देही ल्याइएका उनले रुपन्देहीका अस्पतालहरूमा पनि भेन्टिलेटर पाएनन् । फेरि मिसन अस्पतालमै फर्काइएका उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
पाल्पामा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।















प्रतिक्रिया