१ कार्तिक २०८३, शनिबार

अमेरिकामा केही साताभित्रै आम रुपमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुँदै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ओज १ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा केही साताभित्रै आमरूपमा कोरोना भाइरविरुद्धको खोप उपलब्ध हुने दाबी गरेका छन् ।

तर यसबारे राष्ट्रपति ट्रम्प र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का निर्देशकले फरक–फकर अभिव्यक्ति दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले केही हप्ताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरे पनि सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को मध्यसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप शुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने निर्देशक रोबर्ट रेडफिल्डको भनाइ छ । तर, त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्तीले अथवा द्विविधामा परेर त्यसो भनेको हुनसक्ने सीडीसीका निर्देशक बताउँछन् ।

तर, ट्रम्पले भनेका छन्, ‘सीडीसीका निर्देशकले जे भने त्यो गलत भने । हामी तत्काल ठूलो सङ्ख्यामा मानिसहरूलाई खोप उपलब्ध गराउन तयार हुने छौँ र त्यसपछि त्यहाँभन्दा बाहिर पनि किनकि हामी अरू मुलुकलाई पनि सहयोग गर्न गइरहेका छौं ।’

ट्रम्पको यो अभिव्यक्ति चुनावी फाइदाका लागि केन्द्रित भएको आरोप डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले लगाएका छन् ।