
काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित गर्नका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेको नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रपति कार्यालय, शितलनिवास पठाइएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरिएका गौतमको नाम बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शितल निवास पठाएको बताइएको छ । राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा पठाएपछि मात्रै गौतमले सांसदको सपथ लिन पाउनेछन् ।
राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसदको पद गत फागुनदेखि रिक्त छ ।
यद्यपि, सरकारले बुधबार नै गौतमको नाम शितल निवास पठाएको भनिए पनि बिहीबार बिहानसम्म राष्ट्रपतिको कार्यालयले प्राप्त गरिनसकेको भन्दै कतिपय सञ्चारमाध्यममा समाचार समेत सार्वजनिक भइरहेका छन् ।















प्रतिक्रिया