१ कार्तिक २०८३, शनिबार

सुनको मूल्य किन घट्यो यति धेरै !

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतिताला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार निर्धारण गरिएको छ । यस्तै तेजावी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि २० रुपैयाँले कमी आएको छ । महासंघका अनुसार बुधबार तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।