शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

तीनकुनेस्थित हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत

दैनिक नेपाल २०७७ असोज १ गते ११:१५

काठमाडौं, १ असोज । काठमाडौंको तीनकुनेस्थित हरितगृह तरकारी बजारको दुई वटा पसलबाट ४२ बोरा प्याज जफत गरिएको छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले उक्त परिमाणको प्याज जफत गरी प्रहरीलाई बुझाएको बताइएको छ । आज बिहान छड्के अनुगमनका क्रममा व्यापारीहरुले लुकाएर राखेको उक्त प्याज जफत गरिएको अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले बताए ।

उनका अनुसार विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरिएको हो । यस्तै सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई समितिले कारबाहीको सिफारिस समेत गरेको छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली व्यापारीले कृत्रिम सृजना गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित