शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लामो दूरीको बससेवा खुल्यो, दशैँको अग्रिम टिकट बुकिङ्ग कहिले ?

दैनिक नेपाल २०७७ असोज १ गते १०:४६

फाइल तस्वीर

काठमाडौं, १ असोज । करिब ६ महिनापछि लामो दूरीका सार्वजनिक यातायात आजदेखि खुल्ला भएको छ ।

दशैँ–तिहारको मुखैमा खुल्ला भएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग भने कहिले खुल्छ पत्तो छैन । आजैबाट मात्र खुल्ला भएको सार्वजनिक यातायातको निरन्तरता अझै के हुने हो निश्चित नभइसकेको अवस्थामा व्यवसायीहरुले यसबारेमा निर्णय नगरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

अवस्था हेरेर चाँडै नै यसबारे निर्णय गरिने उनको भनाइ छ । गत वर्षको तुलानमा यो वर्ष करिब १ महिना दशैं ढिलो भएका कारण दशैं शुरु हुन अझै एक महिनाभन्दा लामो समय बाँकी छ ।

तर, विगतका वर्षहरुमा एक महिनाभन्दा अगाडि नै अग्रिम टिकट विक्री खुला गर्ने गरिएको थियो । यसर्थ पनि आम मानिसमा यसबारे चासो र चिन्ता व्यक्त भइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित