शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ओली–प्रचण्डवीच परामर्श, आज देउवासँग छलफल हुने

दैनिक नेपाल २०७७ असोज १ गते ११:१६

काठमाडाैं, १ असाेज । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डवीच संवैधानिक आयोगहरूको नियुक्तिहरूका बारे छलफल भएको छ ।

ओली र दाहालबीच बुधबार संवैधानिक निकायहरूकाे नियुक्तिका विषयमा छलफल भएकाे हाे । त्यसपछि बिहीबार उनीहरूले कांग्रेससँग पनि छलफल गर्न लागेका हुन् ।

ओली र दाहालले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी भएको छ ।

संवैधानिक आयोगहरूमा ४० जनाको ठूलो संख्या पूर्ति गर्नुपर्ने भएकाले यसमा सत्तापक्ष र प्रतिपक्षवीच अहिलेसम्म भागवण्डा मिल्न सकेको छैन ।

विशेष गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कसलाई लैजाने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

अख्तियारमा पूर्वसचिव प्रेम राई र पूर्वआइजीपी सर्वेन्द खनालको चर्चा छ । खनाल सांसद अपहरण प्रकरणमा मुछिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित