
काठमाडौँ, ३१ भदौ । निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशतमात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा संघले यस्तो बताएको हो ।
सचिवको संयोजकत्वमा भएको आन्तरिक उडान सञ्चालनको विषयमा भएको छलफलमा व्यवसायीहरुले यस्तो विचार राखेका हुन् ।
व्यवसायीहरुले ५० प्रतिशत यात्रु राखेर हवाई उडान गर्ने नियम विश्वमा कहीँ पनि नरहेको र यसरी उडान गर्न नसक्ने तर्क राखेको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिए ।
उनीहरुले सरकारले तोकेको मापदण्ड पुरा गर्ने तर ५० प्रतिशतमात्रै यात्रु राखेर उडान नगर्ने जनाएका छन् ।
सचिव केदारबहादुर अधिकारीले भने मन्त्रिपरिषद्को निर्णयभन्दा आफूहरु बाहिर जाने नसक्ने भन्दै व्यवसायीहरुले भएकाले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नपर्ने बताए ।















प्रतिक्रिया