७ कार्तिक २०८३, शनिबार

वुधबार थप १ हजार ६८ जना कोरोनामुक्त, साढे ४१ हजार बढी निको

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । नेपालमा थप १ हजार ६८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनामा संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।

वुधबार देशभर थप १ हजार ५ सय ३९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।