
काठमाडौँ, ३१ भदौ । भक्तपुरकी कोरोना संक्रमित एक महिलाले धुलिखेल अस्पतालमा बच्चा जन्माएकी छन् ।
अस्पतालका अनुसार ति गर्भवती महिलाले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी थिइन् ।
आइतबार अस्पताल भर्ना भएकी उनमा सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।
उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ ।















प्रतिक्रिया