७ कार्तिक २०८३, शनिबार

स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य बीमा बोर्डमा २ जना सदस्य मनोनित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा दुई जनालाई मनोनित गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रीस्तरीय निर्णयबाट डा. सुरेश तिवारी र चन्द्र थापालाई ४ बर्षका लागि मनोनित गरेका हुन् ।

डा. तिवारी विज्ञको तर्फबाट मनोनित भएका हुन् भने थापा विमितहरुको तर्फबाट मनोनित भएका हुन् ।

मनोनित भए लगत्तै उनीहरुले बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । त्यसअघि बोर्ड अध्यक्ष डा उप्रेतीले स्वास्थ्य मन्त्री ढकालसँग सपथ लिएका थिए ।