काठमाडौँ, ३१ भदौ । काठमाडौँ-तराई/मधेश द्रुत मार्गमा सुरुङ निर्माणको काम अघि बढेको छ ।
नेपाली सेनाका अनुसार द्रुत मार्गमा पर्ने सुरुङ निर्माणसम्बन्धी प्राविधिक सर्भे तथा अन्य काम अघि बढेको जनाएको हो । सुरुङको निर्माणका लागि जियोलोजिकल सर्भेको काम भई रिपोर्ट तयार भइरहेको सेनाका भनाइ छ ।
राष्ट्रिय गौरवको आयोजना यस मार्गको यही भदौ ३० सम्मको प्रगति विवरण सार्वजनिक गर्दै नेपाली सेनाले यस्तो बताएको हो । पारदर्शी, गुणस्तरीय र समयसीमाभित्र आयोजना निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सेनाले निर्माणलाई तिब्रता दिएको जनाएको छ ।















प्रतिक्रिया