शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर

दैनिक नेपाल २०७७ भदौ ३१ गते १३:०१

काठमाडौँ, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले जनाएको छ ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।

कोइरालाको अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरिरहेको जनाइएको छ ।

गएराति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित