बिहीबार, ८ असोज २०७७
DainikNepal.com
बिहीबार, ८ असोज २०७७

विभिन्न मन्त्रालयका २५ उप–सचिवहरूको सरुवा (नाम)

दैनिक नेपाल २०७७ भदौ ३१ गते १०:१६

काठमाडौं, ३१ भदौ । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले २५ जना उप–सचिवहरूको सरुवा गरेको छ ।

विभिन्न मन्त्रालयमा रहेका उप–सचिवहरूलाई काठमाडौं उपत्यका बाहिर विभिन्न जिल्लाहरूमा सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उप–सचिवलाई नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरेको छ ।

दुई सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको छ ।

गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उप–सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित