२ कार्तिक २०८३, सोमबार

उच्च ज्वराे आएपछि कांग्रेस महामन्त्री डा.कोइराला अस्पताल भर्ना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई ज्वरो उच्च आएपछि अस्पताल भर्ना गरिएको छ ।

कोरोनाभाइरसको संक्रमणको उपचार गराइरहेका डा.कोइरालालाई बुधबार बिहान करीव ६ बजे अस्पताल पुर्‍याएको हो । उनलाई चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको स्राेतले जनाएको छ ।

महामन्त्री डा.कोइरालालाई भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनी महाराजगञ्जस्थित निवासमै आसोलेसनमा बसेर उपचार गराइरहेका थिए ।

बुधबार ज्वरो अलिक धेरै आएर समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।