शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

वीपी संग्राहलयका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण

दैनिक नेपाल २०७७ भदौ ३१ गते ९:३२

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेस काठमाडौंका नेता एवम् वीपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेललाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

पोखरेललाई कोरोनाको संक्रमण भएपछि आइसोलेसनमा बसेको सन्तोष भण्डारीले बताएका छन् । पोखरेलका छोरा डा.प्रकाश पोखरेललाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ ।

पोखरेल नेपाली कांग्रेस क्षेत्र नं. ३ का पूर्वसभापति पनि हुन् ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला कांग्रेस नेता पोखरेललाई संक्रमण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित