शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अमेरिकन वैज्ञानिकहरूले कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाए

दैनिक नेपाल २०७७ भदौ ३१ गते ८:१९

न्युयाेर्क, ३१ भदाै । अमेरिकामा वैज्ञानिकको एक समूहले कोरोनाभाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरूले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ ।

ब्रिटिश कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यसले कोरोनाभाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको छ ।

यो औषधिले शरीरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्नेछ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउनभन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित