बिहीबार, ८ असोज २०७७
DainikNepal.com
बिहीबार, ८ असोज २०७७

आर्सनलका कप्तान एमरिकसँग तीन वर्षको नयाँ सम्झौता

दैनिक नेपाल २०७७ भदौ ३१ गते ८:१३

लण्डन, ३१ भदाै । इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।

३१ वर्षका स्ट्राइकर एमरिक सन् २०१८ को जनवरीमा आर्सनलमा अनुबन्धित भएको थिए । उनले सन् २०१८–१९ को सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

आफ्ना लागि आर्सनल विशेष क्लब रहेको र नयाँ सम्झौताको विषय कहिल्यै पनि दुविधाको विषय रहेको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित