शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राजविराजमा ४४ सहित सप्तरीमा थपिए ५० कोरोना संक्रमित

दैनिक नेपाल २०७७ भदौ ३० गते २१:३३

काठमाडौँ, ३० भदौ । सप्तरीमा मंगलबार थप ५० जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आजैबाट निषेधज्ञा हटाएको थियो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको ल्यावमा गरिएको परीक्षण रिपोर्टअनुसार मंगलबार राजविराज नगरपालिकामा ४४ सहित जिल्लाभरी ५० जना संक्रमित थपिएका हुन् ।

यससँगै जिल्लामा हालसम्म १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ जनाको मृत्यु भएको भने ७ सय ३६ जना निको भएर घर फर्किएका छन् । हाल जिल्लामा ३ सय ४६ जना संक्रमित होम तथा सरकारी आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित