शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

विपन्नको मात्रै निःशुल्क उपचार, लक्षण नदेखिएकाको कोरोना परीक्षण नगरिने

दैनिक नेपाल २०७७ भदौ ३० गते २०:४८

काठमाडौँ, ३० भदौ । सरकारले अबदेखि बिपन्न नागरिकको मात्र कोरोनाभाइरस संक्रमण भएमा निःशूल्क उपचार गर्ने भएको छ ।

आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लक्षण देखिएका मानिसहरुको मात्रै परीक्षण गर्ने तथा विपन्नको मात्रै निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
अन्य नागरिकले निःशुल्क उपचार गर्नुपर्नेछ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मन्त्रालयको यो निर्णय मन्त्रिपरिषदले पारित गरेपछि मात्रै लागू हुनेछ ।

त्यस्तै, मन्त्रालयले विदेशबाट आएको व्यक्ति १४ दिन अनिवार्य क्वारेन्टिनमा नबसे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जनाएको छ । खर्च धान्न नसक्नेको मात्रै सरकारले क्वारेन्टिनको खर्च व्यहोर्नेछ भने अन्यले आफैले खर्च गर्नुपर्नेछ ।

अन्तरजिल्लाका व्यक्तिहरु प्रवेश गरेको हकमा भने स्थानीय निकायको निगरानीमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । यदि १४ दिनसम्म लक्षण नदेखिए पीसीआर नगरिने जनाएको छ । त्यसैगरी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स तथा सफाइका कर्मचारको भने शंका लागेमा परीक्षण गरिने छ ।

बैठकले बंगलादेशबाट आएको रेमडिसिभिर औषधि स्वास्थ्य अनुसन्धान परिषदको नियम अनुसार प्रयोग गर्ने गरी सूचीकृत संस्थालाई बितरण गरिने निर्णय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित