शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

असोज १ देखि लामो दूरीका सवारी र हवाई उडान सञ्चालन हुने

दैनिक नेपाल २०७७ भदौ ३० गते १९:५९

काठमाडौँ, ३० भदौ । सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी तथा आन्तरिक र बाह्य हवाई उडान सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ बाट लामो दूरीको यातायात तथा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

ज्ञवालीका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर सवारी सञ्चालन गर्नुपर्नेछ । यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी सञ्चालन सम्बन्धी थप मापदण्ड तयार गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित