७ कार्तिक २०८३, शनिबार

पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त, मन्त्रीको सुविधा पाउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

सरकारले खतिवडालाई मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्री ओलीको विशेष सल्लाहकार नियुक्त गरेको हो ।

सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष सल्लाहकार नियुक्त गरेको जानकारी दिए ।

खतिवडले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । सत्तारुढ नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपछि खतिवडाले राजीनामा दिएका थिए ।