७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा ५५५ सहित उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । काठमाडौँ उपत्यकामा थप ६ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ गरी उपत्यकामा ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा सोमबार ५ सय १२ जनामा संक्रमण देखिएको थियो ।

देशभर मंगलबार थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय ७१ जनाको मृत्यु भइसकेको छ ।