शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मंगलबार थप १ हजार ६२ जना कोरोनामुक्त, साढे ४० हजार बढी निको

दैनिक नेपाल २०७७ भदौ ३० गते १६:३९

काठमाडौँ, ३० भदौ । नेपालमा थप १ हजार ६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना निको भएको जानकारी दिए ।

यससँगै हालसम्म निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेको छ ।

मंगलबार देशभर थप १ हजार ४ सय ५९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना निको भएका छन् । त्यस्तै, थप ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ सय ७१ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित