बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मंगलबार थपिए १४ सय ५९ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ भदौ ३० गते १६:२७

 

काठमाडौँ, ३० भदौ । नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै हालसम्म संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ८९ जना रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना निको भएका छन् । त्यस्तै, थप ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ सय ७१ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित