७ कार्तिक २०८३, शनिबार

गण्डकीमा थपिए ४७ कोरोना संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० भदौ । गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ नौ, कास्की तीन, गोरखा, लम्जुङ र मनाङका एकरएकजना रहेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएकामा ४८ जनामा कोरोना पुष्टि भएको छ।

परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुनः पोजेटिभ देखिएको छ। –रासस