मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

चीनले नेपालसँग माग्यो कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सामग्रीको सूची

दैनिक नेपाल २०७७ भदौ ३० गते १५:५२

काठमाडौं, ३० भदौ । छिमेकी मुलुक चीनले नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक सहयोग गर्ने भएको छ ।

यसैक्रममा चीनले उक्त प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची समेत माग गरेको छ ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एशियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईबीच मंगलबार भएको भेटवार्ताको क्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनले आवश्यक स्वास्थ्य सामग्रीको सूची माग गरेको हो ।

यसअघि चीनले नेपाल, पाकिस्तान, अफगानिस्तानसँगको भिडियो कन्फ्रेन्समा १० मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित