शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ भदौ ३० गते १५:३८

काठमाडौँ, ३० भदौ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका ९ का ७० वर्षीय पुरुष रहेका छन् । उनको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको सोमबार राती ११ः२० बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनी भदौ २५ गते अस्पताल भर्ना भएकामा भदौ २८ गते कोरोना पुष्टि भएको थियो ।

यससँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित