१ कार्तिक २०८३, शनिबार

मतभेद भए सहमतिबाट टुंग्याऔं, एकता बिथोल्ने प्रपञ्च नगरौं : कमल थापा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीभित्र मतभेद र चित्त नबुझेका विषय भए सम्वाद र सहमतिबाट टुंगो लगाउनुपर्ने बताएका छन् ।

पार्टीका नेताहरुले सञ्चारमाध्यमहरुमा आफूखुशी अभिव्यक्ति दिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले यस्तो बताएका हुन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘मतभेद/चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको विषय नबनाऔॅ ।’

समृद्ध मुलुक निर्माणका लागि नयाँ बिचार बोकेको शक्तिको आवश्यकता औंल्याउँदै थापाले अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई मेन्सन गर्दै अगाडि लेखेका छन्, ‘धर्म/संस्कृतिविरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक बिचार बोकेको शक्ति खोजेको छ । यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो ।’

पार्टी एकता बिथोल्ने खेल हुन थालेको संकेत प्रकट गर्दै थापाले मंगलबार नै अर्को ट्विट गरेर भनेका छन्, ‘डा. प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकताबारे एकपक्षीय रूपमा जुन भ्रम सृजना गर्ने प्रयास गर्नुभएको छ, त्यो पार्टी एकताको भावना विपरीत छ ‌। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ ।’

लोहनीले अघिल्लो दिन योहो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै राष्ट्रिय राजनीति, राप्रपाको एकता र समसामयिक सन्दर्भमा आफ्नो धारणा व्यक्त गरेका थिए । सोही विषयलाई लिएर अध्यक्ष थापाले असन्तोष प्रकट गरेको देखिन्छ ।

करिब ६ महिनाअघि भएको पार्टी एकताअनुसार ३ जना अध्यक्ष रहेको पार्टीमा पहिलो नम्बरमा पशुपति शमशेर जबरा, दोस्रोमा कमल थापा र तेस्रोमा डा. प्रकाशचन्द्र लोहनी छन् ।