बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अब लक्षण नभएकाको कोरोना परीक्षण नगरिने

दैनिक नेपाल २०७७ भदौ ३० गते १४:२३

काठमाडौं, ३० भदौ । अब कोरोना भाइरसको लक्षण नदेखिएकाहरुको पीसीआर परीक्षण नगरिने भएको छ ।

लक्षण नदेखिएका कोरोना संक्रमितहरूको पीसीआर परीक्षण नगर्ने नीति लागू गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ले बताएको छ । अब लक्षण नभएकाहरुको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्षका साथ लक्षण भएकाहरूको मात्र पीसीआर परीक्षण गर्ने तयारीमा मन्त्रालय लागेको हो ।

यद्यपि मन्त्रालयमा यो विषयबारे छलफल भए पनि मन्त्रिपरिषद्मा भने पुगिसकेको छैन । लक्षणविहीनको परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा भन्दा अब मन्त्रालय क्वारेन्टिन र आइसोलेसनमा बढी केन्द्रित हुने बताइएको छ ।

मन्त्रालयले हाल दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्दे आएको छ । यसरी हालसम्म ८ लाख भन्दा बढी मानिसको पीसीआर परीक्षण भइसकेको छ । यस्तै मन्त्रालयले विपन्न वर्गको मात्र निःशुल्क कोरोना उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने विषयमा पनि छलफल भइरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित