१ कार्तिक २०८३, शनिबार

अस्पतालका कर्मचारीसहित गण्डकीमा थपिए ४७ जना संक्रमित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० भदौ । सोमबार कास्कीको पोखरा महानगरका ३ जनासहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पोखराको मेट्रोसिटी हस्पिटलमा कार्यरत ३२ वर्षीया सफाई कर्मचारी, नमूना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका पोखरा–१ र १४ का ४५ र १८ वर्षीय पुरुष तथा प्रतिष्ठानमै उपचारत तनहुँ सुक्लागण्डकी–१० का २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले बताएको छ ।

त्यसैगरी तनहुँ शुक्लागण्डकीकै थप ४ पुरुष, ३ महिला तथा देवघाट २ का २ वर्षीय पुरुष, गोरखा शहीदलखन ३ की १० वर्षीया बालिका, मनाङ नासाकी २३ वर्षीया महिला, लमजुङ बेंशीसहरस्थित मोडेल अस्पतालमा उपचाररत ७० बर्षीय पुरुष, स्याङजाको वालिङ, पुतलिबाजार र आधिखोलाका ७ पुरुष तथा ५ महिला एवं नवलपुरको गैँडाकोट, मध्यविन्दु र बौदिकालीका १२ पुरुष र ८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११२ पुगेको छ ।