शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एक महिनाको शिशुमा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ भदौ ३० गते १२:२८

मकवानपुर, ३० भदौ । मकवानपुरमा एक महिनाको शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशुमा कोरोना पुष्टि भएको हो ।

शिशुकी ३६ वर्षीया आमालाई कोरोना संक्रमण देखिएपछि परिवारको समेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । हेटौंडा अस्पतालमा सुत्केरी भएकी ती महिलाले केही समय अस्पतालमै बस्नु परेको थियो । शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनीहरु घरमै आइसोलेटेड भएका छन् भने चिकित्सकको टोलीले निगानी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित