शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मदिरा सेवन गर्न नदिएको भन्दै चक्कु प्रहार गरी छोराको हत्या

दैनिक नेपाल २०७७ भदौ ३० गते ११:५३

पर्सा, ३० भदौ । रक्सी खान नदिएको भन्दै पर्साका एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् ।

जिल्लाको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साहले ३५ वर्षीय छोरा मधो साहको सोमबार चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

रक्सीले मातेर सोमबार घर आएका लक्ष्मी साहले छोराको हत्या गरेका हुन् । मातेर आएपछि छोरा मधोले रक्सी किन खाएको भन्दै बुबासँग प्रतिवाद गरेका थिए । बुबा–छोराबीच केहीबेर विवाद भइरहँदा लक्ष्मीले आफूले सँगै बोकेको चक्कु छोरामाथि प्रहार गरे ।

चक्कु प्रहारबाट गम्भीर घाइते मधोको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

चक्कु प्रहार गर्ने लक्ष्मी साहलाई नियन्त्रणमा लिएर आवश्यक अुनसन्धान र कारबाही प्रक्रिया शुरु गरेको बताइएको छ ।

यसअघिका दिनमा पनि छोरा मधोले वरपरका मदिरा पसलमा आफ्नो बुबालाई रक्सी नदिन आग्रह गर्दै आएका थिए । कतिपयले उनको कुरा मानेर दिन छाडेका थिए भने कतिपयले व्यापारको दृष्टिले मात्रै हेरेर रक्सी दिँदै आएका थिए ।

छोराले पसलेहरुलाई रक्सी नदिन उर्दी गरेपछि उनले केही समययता छोराप्रति रिस साँधेर बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित