शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुनको मूल्य ६०० र चाँदीको २० रुपैयाँ बढ्यो

दैनिक नेपाल २०७७ भदौ ३० गते ११:३७

काठमाडौं, ३० भदौ । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा छापावाल सुनको मूल्य ६०० रुपैयाँले वृद्धि भएको हो । यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित