१ कार्तिक २०८३, शनिबार

जबरजस्ती करणी गरेर फरार २ जना ६ वर्षपछि पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ३० भदौ । जबरजस्ती सामुहिक करणी गरेर फरार रहेका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको हो ।

स्थानीय युवतीलाई जबरजस्ती करणीको वारदातपछि दुबैजना २०७१ फागुनदेखि फरार थिए । कञ्चनपुर जिल्ला अदालतले दुबै जनालाई २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो ।