१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३० भदौ । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचाररत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवानाकी ५५ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको हो । उनी सोमबार बिहान सो अस्पतालमा भनाए भएकी थिइन् ।

मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसीयू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।