वीरगञ्ज, ३० भदाै । पर्सा जिल्लामा रक्सीले मातेर आएका बुवाले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् ।
पर्साको पोखरिया नगरपालिका ६ सीरिसियामा सोमबार राति बुवाले छुरा प्रहार गर्दा छोराको मृत्यु भएको हो ।
७० वर्षका वृद्ध लक्ष्मी साहले रक्सीको नशामा छुरा प्रहार गर्दा उनका ३५ वर्षका छोरा माधो साह गम्भीर घाइते भएका थिए ।
छुरा प्रहारबाट घाइते भएका साहलाई उपचारको लागि पोखरिया अस्पतालमा लगिएको थियो ।
उपचार सम्भव नभए पछि थप उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा साहको बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।











प्रतिक्रिया