बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काेराेना प्रभावित इटालीमा ७ महिनापछि विद्यालय खुले

दैनिक नेपाल २०७७ भदौ ३० गते ८:३५

इटाली, ३० भदाै । इटालीमा कोभिड १९ अर्थात् कोरोना भाइरस अति प्रभावित भएका क्षेत्रहरुमा ७ महिनापछि विद्यालय खुलेका छन् ।

देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गएको फ्रेबुअरी २१ देखि विद्यालय जान नपाएकोमा सेप्टेम्बर १४ अर्थात् सोमबारदेखि विद्यालय गएका हुन् । कोडोग्नो इटालीको कोरोना भाइरसबाट अति चपेटामा परेको क्षेत्रमध्ये एक हो ।

देशको उत्तरी क्षेत्रमा पर्ने कोडोग्नोमा महामारी उत्कर्षमा पुगेको थियो । इटालीमा दुई महिनासम्म कडा लकडाउन लागू गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए । कोरोनाका कारण बालबालिकाहरुले अभिभावक र आफन्त गुमाएका छन् ।

विद्यालय खुल्नु लकडाउनभन्दा अगाडिको अवस्थामा फर्कन निक्कै महत्वपूर्ण कदम भएको अभिभावक र शिक्षामा सरोकार राख्नेहरूले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित