
भरतपुर, ३० भदाै । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
साेमबार दिउँसो त्यही ठाउँमा गएको पहिरो पन्छाएर बेलुका एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो ।
पुनः पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।











प्रतिक्रिया