७ कार्तिक २०८३, शनिबार

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २९ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताएका छन् ।

आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उनले घटनामा संलग्नलाई कारवाही हुने बताए ।

उनले भने, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।”

महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेकाले दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।

दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै महासङ्घले आन्दोलन जारी राखेको छ । कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज नै पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ वर्षीय व्यक्तिले गरे आत्महत्या शीर्षकको समाचार दिनेश खबरमा प्रकाशन भएको थियो ।

दिनेश खबरमा पुगेका युवाले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चार माध्यममा आक्रमण गरेका थिए । प्रहरीले भने अहिले पनि रोशनले आत्महत्या गरेको बताउँदै आएको छ । –रासस