
काठमाडौँ, २९ भदौ । मल समयमै आपूर्ति नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालो सूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।
कृषिमन्त्री घनश्याम भुसालको निर्देशनमा दुवै कम्पनीविरुद्ध खरिद कार्यालयलाई पत्राचार गरिएको स्रोतले जनाएको छ ।
समयमै मल आपूर्ति गर्न नसकेकोले सार्वजनिक खरिद ऐन बमोजिम कालो सूचीमा राख्न पत्रमा उल्लेख गरिएको छ ।
शैलुङ इन्टरप्राइजेज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो । शैलुङ र होनिको दुवै कम्पनीले २५ २५ हजार मेट्रिक टन मल आयात गर्ने ठेक्का लिएका थिए । सरकारले म्याद थप गर्दासमेत मल आपूर्ति गर्न सकेको छैनन् ।















प्रतिक्रिया