
काठमाडौँ, २९ भदौ । रुपन्देहीमा थप एक जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकी एक महिलाको सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा सिद्धार्थनगर ५ की ६४ वर्षीया महिला रहेकी छन् ।
उनलाई छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो । उनको जीन एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया