१ कार्तिक २०८३, शनिबार

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्टार अस्पतालमा आइतबार गरिएको स्वाब परीक्षणबाट उनलाई कोरोना देखिएको हो । उनी अहिले सोल्टी होटेलको आइसोलेसनमा छन् । उक्त परीक्षणको रिपोर्ट सोमबार बिहान आएको हो ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ । दुबै जनाले ३ दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान पुर्याएर फर्किएका थिए ।