१ कार्तिक २०८३, शनिबार

बञ्चरो प्रहार गरी छोराले गरे आफ्नै आमाको हत्या

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, २९ भदौ । बञ्चरो प्रहार गरी झापाका एक युवाले आफ्नै आमाको वीभत्स हत्या गरेका छन् ।

जिल्लाको कमल गाउँपालिका–७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेबले आफ्नी आमा ५० वर्षीया मीरा ऋषिदेबको हत्या गरेका हुन् । हत्या अभियोगमा उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका दिनेशले आमालाई बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।