बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अस्ट्रेलियामा लकडाउनकाे विरोधमा प्रदर्शन, ७० जनाभन्दा धेरै पक्राउ

दैनिक नेपाल २०७७ भदौ २९ गते १०:४०

सिड्नी, २९ भदाै । अस्ट्रेलियामा लकडाउन विरोधी प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागु भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो ।

झण्डै २५० जना प्रदर्शनमा उत्रिएका थिए । त्यसमध्ये ७४ जना पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । धेरै प्रदर्शनकारीहरु आक्रोशित रुपमा प्रस्तुत भएको र सुरक्षा अधिकारीलाई हिंसाको चेतावनी दिएको प्रहरीले बताएको छ ।

भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो ।

अस्ट्रेलियामा भिक्टोरिया राज्य कोरोना भाइरस महामारीको इपिसेन्टर हो । कुल संक्रमित मध्ये ७५ प्रतिशत तथा ज्यान गुमाउने मध्ये ९० प्रतिशत भिक्टोरियाका छन् ।

प्रतिक्रिया
सम्बन्धित