७ मंसिर २०८३, सोमबार

रुपन्देहीमा कोरोनाबाट उपचाररत दुई जना संक्रमितको मृत्यु

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, २९ भदौ । कोरोना भाइरसका कारण कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५८ वर्षे एक पुरुष र ४७ वर्षीय एक महिला रहेका छन् ।

भीम अस्पताल भैरहवामा उपचाररत पुरुषको गएराति साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी दमको बिरामी थिए । उनको गत भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल (धागो कारखाना) मा उपचाररत महिलाको बिहान साढे ४ बजे मृत्यु पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी मिर्गौला तथा उच्च रक्तचापको बिरामी थिइन् । उनको गत भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कपिलवस्तुमा कोरोनादेखि मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ ।